यसरी निको पार्नुहोस बेलौतीको पातले तपाईको कपाल झर्ने समस्या


धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन् । यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम पाउन सक्दैनन् । आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं ।यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ ।

यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो । बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ ।

एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोेस् । र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् । यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस् ।यो कपाल झर्ने समस्याको लागि धेरै नै राम्रो उपाय हो । यसले कपाललाई जरैदेखि बलियो र बाक्लो पनि बनाउँछ ।

मानिसहरु कपाल झर्ने समस्याबाट छुट्कारा पाउन महङ्गा साधनहरुको प्रयोग गर्ने गर्दछन् । तसर्थ यसको प्रयोगले तपाइँको पैसा र समय दुबै बचत हुन्छ । त्यसैले अम्बाको पातको प्रयोग गरी आफ्नो कपाललाई बाक्लो र आर्कषक बनाउनुहोस् ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

प्रतिक्रिया दिनुहोस्