लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


काठमाडौं । प्रधानमन्त्री कपी शर्मा ओलीले लिपुलेक विवादबारे छलफल गर्न सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् । भारतले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभागमा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेपछि त्यसको जनस्तरमा विरो ध भइरहेको छ ।

नागरिकहरुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख विपक्षी नेपाली कांग्रेसलगायतका दलले साझा धारणा बनाउन र तत्काल भारतसँग कूटनीतिक संवाद गरी सीमा समस्या सुल्झाउन आग्रह गरेका छन् ।

सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणा बनाउन प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ । प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय परामर्श बैठक बोलाएका हुन् ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्