भारतले नेपालको सिमा मिच्नेको विरुद्धमा ‘कालापानी’गीत सार्वजनिक (भिडियो)


काठमाडौं । भारतले सिमा मिचेको विरोधमा नेपाली जनता जागीरहेको अवस्थामा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । देशप्रेमको भावनाले ओतप्रोत भएको गीत प्रभावन जेले सार्वजनिक गरेका हुन् ।

यस गीतमा शब्द, संगीत र प्रभावन जे कै रहेको छ भने सपना गुरुङ, जिवन वडु, कुमार पौड्याल र विवेक चौलागाईले उनले स्वरमा साथ दिएका छन् । गितको एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन भने रेकर्डिङ मनोज डंगोलले गरेका छन् ।

गीतको परिकल्पना राजाराम गौतमले गरेका हुन् । ३ मिनेट ३४ सेकेन्डको गीतको भिडियोलाई नविन भट्टले सम्पादन गरेका छन् । डिएआर मुभिजको अफिसियल युटुवबाट गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्