आकाशबाट बर्सियो चाँदीको बर्षा, टिप्न मानिसहरुको तछाडमछाड


काठमाडौँ । आकाशबाट हामीले पानी र असिना वर्सिएको त देखेकै छौँ होला । तर सुनचाँदी बर्सिको देख्ने त परै जाओस् धेरैले सुनेका पनि छैनौँ होला । तर भारतको बिहारमा यस्तै रोचक घटना भएको छ ।

बिहारको सीतामढीस्थित सुरसण्डी भन्ने स्थानमा आकाशबाट पानी हैन चाँदी बर्सिएको खबर फैलिएको छ । त्यस क्षेत्रमा बिहान मानिसहरुलाई उक्त कुराले आचश्र्य चकित बनायो ।

त्यतिमात्र हैन आकाशबाट चाँदी वर्षीएको कुराले मानिसहरु चाँदी टिपनका लागि हातहातमा भाँडा लिएर तछाडमछाड गर्न थाले ।
मानिसहरुले एकअर्कालाई अचानक सडकमा यति धेरै चाँदी कहाँबाट आयो भनेर प्रश्न सोधिरहेका थिए । या कोही चोर वा तस्कर चाँदीका दाना कुनै बोरामा यहीबाटो लिएर जाँदै थियो भनेर आशंका पनि व्यक्त गरिरहेका थिए ।

जानकारहरुले सडकमा भेटिएका चाँदी निकै शुद्ध भएको बताएका छन् । यतिधेरै चाँदी सडकमा भेटिएपछि मानिसहरुले आकाशबाट बर्सिएको भन्ने अपवाह समेत फैलाएका छन् । यस रोचक घटनामा उक्त बाटो नेपालको सीमा नाका भएका कारण तस्कर वा चोरको मामिला हुन सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस विषयमा जानकारी पाएर तत्काल उक्त स्थान पुगेको प्रहरी पनि बाटोमा फिचारिएका चाँदीका दाना देखेर चकित बनेका छन् ।

यस मामिलामा अहिलेसम्म कुनै सत्यतथ्य पत्तालाग्न सकेको छैन् । प्रहरीले अनुसन्धानलाई तिब्र बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्