“सरकारले नै कालापानी भारतलाई बेचिसकेको छ”


काठमाडौं । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरो धमा ग्रेटर नेपालले भारतीय दूतावास अगाडि प्रद र्शन गरेको छ।

यही आइतवार भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो । शुक्रबार लैनचौरस्थित विरोध कार्यक्रममा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सकारले कालापानी बेचेर खाइसकेको आरो प लगाए। उनका अनुसार सन् २०१५ मा चीन र भारतले संयुक्त बैठक गरी लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरिसकेको स्मरण गराए।

‘त्यसबेलादेखि नेपाल सरकारले के हेरेर बसेको छ?,’ उनले भने,’अहिले विज्ञप्ति निकालेर के नौटंकी गरेको हो?’ आफ्नो जमिन र बारी नचिन्‍नेले कसरी घर चिन्छ,’ नेपालले भने,’ देशलाई जोगाउनु भन्दा पनि बाहिर गएर देश बुझाएर आउँछन।’ जनताले मात्र देश चिनेर संरक्षण गर्न सक्ने उनले बताए । नेता भन्दा जनता शक्ति शाली बनिसकेको विभिन्‍न उदाहरणले बताइसकेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्