नेकपा धरानमा भाडभैलो, स्वर्गिय मेयरको श्रीमतीले स्वतन्त्र उम्मेद्वारी दिने


धरान । धरान उपमहानगरपालिकाको रिक्तरहेको मेयर पदमा स्वर्गिय तारा सुब्बाको पत्नीले दाबी गरेकी छन् । यस अघि मेयर रहेका स्वर्गिय तारा सुब्बाको निधनका कारण मङसीर १४ गते हुनगइरहेको मेयर पदको उपनिर्वाचनमा उनको श्रीमति इन्दु सुब्बा राईले स्वतन्त्र उम्मेदवारी दिने भएकी हुन्।

स्वर्गिय तारा सुब्बाका दाजु घनेन्द्र सुब्बाका अनुसार नेकपाले उम्मेदवारको नाम चयन गर्न अघि स्वर्गीय मेयर तारा सुब्बाको श्रीमति इन्दुले पनि मेयर पदमा उम्मेदवार बन्ने इच्छा प्रकट गरेको जानकारी पार्टी लाई दिइएको थियो । तर, पार्टीले उम्मेदवारको नाम सिफारिस गर्दा उनको नाम काटिएको बताएका छन् ।

उनले भने ‘जस्को निधन बाट उपचुनाव भैरहेको उनैका परिवारको नाम नामेट गर्ने काम भएकोले हाम्रो परिवारकी बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने परिवार श्रोतले बताएको छ ।

स्वर्गिय मेयरका दाजु घनेन्द्र सुब्बाले कात्तिक १५ गते नेकपा धरान उपमहानगर कमिटी लाई बुहारी इन्दुले स्वतन्त्र उम्मेदवारी दिने बारेमा लेखेको निवेदन सामाजिक सञ्जालमा राखेका छन् ।

पार्टी अध्यक्ष नारायण सुवेदीकै हातमा उक्त निवेदन दिएको बताउँदै सुब्बाले भने ‘निवेदन उपर सुनवाइका लागि छलफल समेत गरिएन, पार्टी अध्यक्ष ज्युले पत्र लिनु भो र पछि फाल्नु भयो ।’ उनले पार्टीले स्वर्गिइ मेयरकी श्रीमति र परिवारजन लाई तिरस्कार गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्