विद्याको झोला बोक्ने उनको आफ्नै देवर हुन्


काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनको मनोनयन दर्ताको क्रममा देखिएको एउटा तश्विरको अहिले जताततै चर्चा बढीरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा भाइरल बनेको उकत तश्विर कास्की क्षेत्र नं.३ का उम्मेदवार विद्या भट्टराईको हो । उनले आफुले बोक्ने ब्याग (झोला) एक युवालाइै बोकाएको प्रति निक्कै टिकाटिप्पणी भईरहेको छ ।

सामाजिक सञ्जालमा चुनाव नजित्दै आफ्नो झोला बोक्न नसक्ने नेताबाट जनताले के अपेक्षा गर्ने भनेर उम्मेदवार भट्टराईको आलोचना गरेका छन् भने कसैले महिलाको झोला केटाले बोकेको भन्दै अनेकन आलोचना गरिरहेका छन् ।

धेरैले भट्टराईले कायकर्तालाई झोला बोकाएको भनेता पनि उक्त झोला बोकिदिने अरु कोही नभएर स्व.रविन्द्र अधिकारीका माइला भाई दिपेन्द्र अधिकारी हुन् । दिपेन्द्र लामो समयदेखी जापान बस्दै आएको भए पनि भाउजु विद्यालाई नेकपाले कास्की क्षेत्र. ३ बाट उम्मेदवार घोषणा गरेसंगै नेपाल आएका हुन् । विद्याको एउटा खुट्टामा समस्या रहेकाे र सहयाेगका लागि दिपेन्द्रले झोला बाेकिदिएकाे स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्