न्यायको खोजिमा दिलमाया


उर्लाबारी । सवारी दुर्घ टनामा मृत्यु भएका व्यक्तिलाई बिना कारण क्षतिपुर्ति दिनुपर्ने दबा ब आएपछि उर्लाबारीकी एक महिला तनाब खेप्न बाध्य भएकी छन् ।

उर्लाबारी ३ स्थित धिमाल जातीय केन्द्र हातामा होटल सञ्चालन गर्दै आएकी बिमला धिमालले दैनिकजसो आउने दबा बकै कारण आफू अन्यायमा परेको गुनासो गरेकी हुन् । उनका अनुसार आफुले बेचिसकेको सिटी सफारीले दुर्घ टना गराएको भएपनि कानूनी प्रक्रिया देखाएर पीडित परिवारलाई क्षतिपुर्ति तिराउन दबाब आएको हो ।

दिलमाया धिमालको नाममा रहेको सिटी सफारी ०७५ भदौ २१ गते उर्लाबारी–५ का गणेश गोश्वामीले खरिद गरेका थिए । को १ ह ८६०६ नम्बरको सफारीले २०७५ साल मंसिर २९ गते पूर्वपश्चिम राजमार्ग उर्लाबारी खण्डको ओम साई पेट्रोलपम्प अगाडि ठ क्कर दिंदा पथरीशनिश्चरे २ का उमेश लिम्बूको मृ त्यु भएको थियो भने अर्का एकजना घाइते भएका थिए । घ ट्नाको एक बर्ष वित्दा समेत सफारी सञ्चालन गर्दै आएका गोश्वामीबाट मृतक परिवारले क्षतिपूर्ति पाएका छैनन् ।

धिमालले भनिन्,‘उल्टै तिम्रो नाममा सफारी रहेको भन्दै क्षतिपूर्ति भराउन मेरो बिरुद्ध गोश्वामीले अदालतमा मुद्धा हालेर दुःख दिएका छन् ।’ आफ्ना विरुद्ध मुद्धा हालेपछि पनि मृतकका परिवारलाई क्षतिपूर्ति दिनुभन्दै गोश्वामीले बारम्बार ध म्कि दिएका कारण मानसिक तना व झेल्नुपरेको दिलमायाको भनाई छ ।
पीडि त परिवारले पनि मलाई नै क्षतिपूर्ति माग्दै दवाब र सास्ति दिएको भन्दै दिलमाया धिमालले गुनासो गरिन् ।

मृतकका परिवारले ८ लाख रुपैयाँ माग गरेको उनको भनाई छ । नामसारी नभएको कारण देखाउँदै अदालतमा मुद्धा हाल्ने गोश्वामीले आफूले सफारी खरिद गरेको कागज भने गरेका छन् । सामान्य होटल सञ्चालन गरेर गुजारा चलाउँदै आएकी धिमालले कुनै पनि हालतमा मृतकलाई क्षतिपूर्ति दिन आफू असमर्थ रहेको बताइन् । आफू विपन्न भएको जनाउँदै समस्या समाधानमा साथदिन उनले सबैमा आग्रह गरेकी छन् । दुर्घट ना गर्ने सफारी, सञ्चालन गर्ने व्यक्ति र सफारीका चालक तीनै पक्षमा आफ्नो कतैपनि संलग्नता नरहेको जिकिर गर्दै धिमालले भनिन्,‘म अन्यायमा परेको छु, न्याय दिलाइ दिनुहुन समाजका सबै पक्षमा आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्