जामुनखाडी सिमसारमा सामुदायिक वन पर्या पर्यटनको अन्र्तरक्रिया


झापा । झापाको कन्काई नगरपालिका – २ स्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा आज एक दिने सामुदायिक वनमा आधारित पर्यापर्यटनको सम्भावनाका विषयमा अन्र्तरक्रिया गरिएको छ ।

सामुदायिक वन अध्ययन केन्द्र काठमाण्डौँको आयोजनामा सिमसार क्षेत्रको सभाहलमा भएको अन्र्तरक्रिया कार्यक्रमको संयोजन डिभिजन वन कार्यालय झापाले गरेको थियो । अन्र्तरक्रिया कार्यक्रममा झापाका सामुदायिक वनका पदाधिकारी र पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो ।

अन्र्तरक्रियामा झापामा सामुदायिक वनमा पर्यटनको सम्भावना प्रचुर रहेकाले आगामी नेपाल पर्यटन वर्ष – २०२० लाई सफल बनाउन सबै लागिपर्नु पर्नेमा जोड दिईएको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका अध्यक्ष ख्याम सिटौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक वन अध्ययन केन्द्रका सहायक वन अधिकृत विष्णु ज्ञवालीले समुदायमा आधारित वनमा पर्यापर्यटनको सम्भावनाका विषयमा प्रष्ट पार्नुभएको थियो । अन्र्तरक्रियाबाट सामुदायिक वनमा पर्यापर्यटनको विकाशका लागि जामुनखाडी सिमसारका अध्यक्ष सिटौलाको अध्यक्षतामा १७ सदस्यीय एक सजाल समेत गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्