झलनाथले भने : भारतले सिमा मिच्यो, तत्काल बार्ता गरौँ


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गर्नुभएको छ । खनालले आज एक विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको बताउनुभयो ।

‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ । त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनालले भन्नुभएको छ । नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ,‘यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न न नेपाल सरकारसँग जोडदार आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्