सुगौली सन्धिमा गुमेका सम्पुर्ण भुभाग भारतले फिर्ता गर्नुपर्छ


केशवराज भट्ट विराट दोधारा चादनी कंचनपुर जननी जन्म भुमिस्छ स्वर्गादपी गरियसी अर्थात: जन्म दिने आमा र आफू जन्मेको भमी स्वर्ग भन्दा पनि प्यारो हुन्छ । त्यसैले हाम्रो स्वर्ग भन्दा पनि प्यारो देश नेपालको इतिहास बारे हामिले अनविग्य भएर बस्न मिल्दैन।

हामी त्यस देशका नागरिक हौ जुन देशलाई कसैले पनि आफ्नो उपनिवेश बनाउन सकेको थिएन। हामी त्यस देशका नागरिक हौ: जहाँ शान्तिका अग्रदुत भगवान गौतम बुद्धले जन्म लिएका थिए। हामी ती महान वीर गोर्खालीका सन्तति हौ: जो कसैका सामु झुकेनन। तर इतिहासलाई आज हामिले भुले जस्तो छ। हाम्रा वीर पुर्वजहरुको बलिदानलाई हामिले भुले जस्तो छ।

हाम्रा वीर पुर्खाहरुको पीडा र दुखले अर्जेको उपलब्धिहरुलाई आज हामिले पटक्कै भुली सकेको जस्तो छ। हैन भने खैत ? हामी किन उनिहरुले गर्नु भएको योगदानको सदुपयोग गर्न सकिरहेका छैनौ। स्वर्ग भन्दा पनि प्यारो हाम्रो देश नेपालको भुमि जुन हाम्रो हुदा हुदै पनि त्यसको उपभोग गर्न सकिरहेका छैनौं।

उपभोग गर्न खोजी रहेका छैनौ। यसै पिडाले आज मेरि नेपाल आमा रुदै भनिरहेकी छिन: ” मलाई नटुक्र्याउ।” आज हाम्रा वीर पुर्वजहरु चिच्याई चिच्याई भनिरहेका छन। ” हाम्रा साना दुखले अर्जेको उपलब्धि होइन। त्यसको सदुपयोग गर। तर हामी उनको आवाजलाई सुन्न चाहिरहेका छैनौ। अब धेरै दिन यसरी हाम्रो जिम्मेवारी बाट भाग्न सक्दैनौं र मिल्दैन पनि। त्यसैले आज हरेक नेपाली हाम्रो गौरव शाली इतिहासको बारेमा अवगत हुनुपर्ने वेला आएको छ। हाम्रो गौरवशाली इतिहासका नपल्टेका पान्नाहरुलाई पल्टाएर हेर्नुपर्ने बेला आएको छ।

हाम्रो इतिहास गोपाल वंशबाट शुरु हुन्छ। गोपाल वंशको शासन लगभग ४९१ वर्ष सम्म चलेको थियो। त्यसपछि मैसपाल वंशले शासन गरेका थिए। मैसपाल वंशपछि किरातिहरुले नेपालमा शासन गरेका थिए। किरातिहरुले झन्डै १९७३ वर्ष शासन गरेपछि लिक्षवी वंशको शुरुआत भएको देखिन्छ। लिक्षविकाललाई नेपालको स्वर्ण युग पनि भन्ने गरिन्छ। लिक्षविहरु कमजोर हुदै गएपछि हाम्रो नेपाल ५२/५४ टुक्रामा बिभाजन भएको थियो। विभिन्न टुक्राहरुमा टुक्रिनु भन्दा पहिले हाम्रो देश नेपाल विशाल थियो।

नेपालको पुर्वी सिमाना “कामरु कामक्ष”, दक्षिणी सिमाना “पाटली पुत्र कतु”, र पश्चिमी सिमाना “उद्यमपुर” थियो। यो कुरा सम्राट समुद्र गुप्तको ईलाहावाद स्थित सिलान्यासमा उल्लेख गरिएको छ् । कामरु कामक्ष भनेको आसाम मा पर्छ जुन आसामको राजधानी हो। पाटली पुत्र भनेको पटना, कतुर भनेको इलाहवाद नजिक र उद्यमपुर भनेको उत्तर पश्चिम पंजाव हो। यो इशाको ३५० बर्ष पुरानो इतिहास हो।

सिलान्यासबाट पनि स्पष्ट हुन्छ। र यसका अन्य आधारहरुपनी छन: स्तम्भ पुराणको ८१ औ अध्यायमा पनि प्राचीन नेपालको इतिहासको बारेमा ब्याख्या गरेको छ। र इशाको १००० बर्ष पहिलेको अथरो वेद र चाणक्यको अर्थशास्त्र पल्टाएर हेर्दापनि हामी प्राचीन नेपालको इतिहास भेटाउन सक्छौ।

लिक्षविहरुको शासनको अन्त्यतिर विभिन्न टुक्रामा टुक्रिएको नेपाललाई त्यसपछिका धेरै शासकहरुले एकीकरण गर्ने प्रयास गरेका थिए : मल्ल राजा यक्ष मल्ल खस राजा तिवारी र सेन राजा मुकुन्द सेन लगायतका शासकहरुले नेपाललाई एकीकरण गर्ने प्रयास गरे तर उनिहरुको प्रयास सफल हुन सकेन। लिक्षवीहरु पछि बनेका ५२/५४ राज्य अन्तर्गत गोर्खा राज्य पनि एक थियो। त्यस बेला गोर्खाका राजा नरभुपाल शाह थिए। नरभुपाल शाहकी माहिली रानी कौशिल्यावतीको गर्बवाट वि.स. १७७९ पौष शुक्ल प्रतिपदा पौष २० गते बिहिवार आधुनिक नेपालका निर्माता युग पुरुष पृथ्वीनारायण शाहले जन्म लिएका थिए। उनी विं. सं. १७९९ चैत्रमा २० वर्षको कलिलो उमेरमै गोर्खा राज्यका राजा बनेका थिए।

पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीमा बसे लगत्तै उनले नेपाल पुन- एकीकरणको अभियानलाई निरन्तरता दिने निश्चय गरे। उनको एउटै सपना थियो: पुन विशाल नेपाल बनाउने । राजा बनेको एक वर्ष पछीनै उनले छिमेकी राज्य नुवाकोट माथी बिजय हासिल गरेर पुन-एकीकरण अभियानको थालनी गरेका थिए । यसरी विं.सं. १७९९ मा पृथ्वीनारायण शाहबाट शुरु भएको नेपाल एकीकरणको अभियान विं.सं. १८३३ मा “काजी अम्मर शिह थापा” सम्म आईपुग्दा : पुर्वमा “टिस्टा” देखि पश्चिममा “सतलज” सम्म एकीकरण भएर पुन बिशाल नेपाल भैसकेको थियो ।

विभिन्न टुक्रामा टुक्रिएको नेपाललाई हाम्रा पुर्वज विरगोर्खालीहरुले पुन एकीकरण गरेर सिङ्गो बिशाल नेपाल बनाईसकेका थिए । तर हाम्रा पुर्खाहरुले अर्जेको बिशाल सुन्दर र शान्त नेपाल माथी अग्रेजहरुको आँखा पर्यो। बिं. सं. १८७१ कार्तिक १५ गते १ नोभेम्बर सन १८१४ मा ब्रीटिस इन्डिया कम्पनीका गभर्नर जनरल ” लई हेस्टिङ्गस” ले नेपाल विरुद्ध युद्धको घोषणा गरे । करिब दुई बर्षसम्म चलेको यस युद्धमा : नालापानीमा बलभद्र कुवर, मलाउमा अम्मर शिह थापा, देउथलको युद्धमा भक्ती थापा, आदि नेपाली वीरहरुले विभिन्न स्थानमा बिरताका साथ लडेका थिए। जसमा ३ थाउमा हामीले जित्न सफल भए पनि दुई ठाउमा हामीले जित्न सकेका थिएनौं । जसको फलस्वरूप विं. सं. १८७३ डिसेम्बर २ सन १८१५ मा नेपालका प्रतिनिधि गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा कम्पनी सरकारका तर्फबाट प्यारिस व्राडसाले सुगौली नामक स्थानमा एक सन्धिमा हस्ताक्षर गरि युद्धको समाप्त गरेका थिए ।

पुर्वमा सिक्किमको टिस्टा सम्म र पश्चिममा कागडाको आसपास “सतलज” नदि सम्म हाम्रा वीर पुर्खाहरुले कायम गरेको बिशाल सिमाना उक्त सुगौली सन्धिले गर्दा खुम्चिएर मेची र महाकालीमा परिणत भयो। लगभग एक तिहाइ भु-भाग नेपालले छोडनु पर्यो । सन १९४७ मा इस्ट इन्डिया कम्पनी भारत छोडेर गयो । सुगौली सन्धि हामिले इस्ट इन्डिया कम्पनी संग गरेको थियो जुन बेलायत सरकारको प्रतिनिधि संस्था थियो । त्यसैले महत्त्वपूर्ण कुरा के छ भने : हामिले सुगौली सन्धि बेलायत संग गरेका थियौ। भारत संग होइन । तर हाम्रो भुमिको उपभोग बेलायत होइन भारत गरिरहेको छ ।

(“भारत १९४७ मा स्वतन्त्र भए संगै हाम्रो भुमि पनि स्वतन्त्र हुन्छ।” भारतले हाम्रो भुमिको उपभोग गर्न पाउदैन । सन १९५० को सन्धिको धारा ८ ले पनि यो कुरालाई मान्यता दिएको छ।) १९५० को सन्धिको धारा ८ मा उल्लेख भए अनुसार : भारतको तर्फबाट ब्रीटिस सरकारले नेपाल संग गरेका गरेका सबै सन्धिहरु रद्ध हुन्छन् यसैगरी संयुक्त राज्य बेलायत संग भएको भएको ३० अक्टोबर १९५० सन्धिले पनि सुगौली सन्धिलाई रद्ध गरेको थियो। यस्ता हामिसंग थुप्रै आधारहरु भएर पनि आजसम्म कसैले पनि त्यसको पहल गर्न खोजेको छैनन्।

भारत स्वतन्त्र भएको केहि बर्ष पश्चात् नेपालमा पनि प्रजातन्त्र आयो विभिन्न राजनितिक पार्टीहरु, नेताहरु बने । तर बिडम्बनाको कुरा के छ भने हाम्रो सुगौली सन्धिमा गुमेको निम्ति र सिमानाको निम्ति सत्तामा पुगेपछी कसैलेपनि आवाज उठाउन सक्दैन। अहिले फेरि भारत आफ्नो नयाँ नक्सामा नेपालका केही महत्त्वपूर्ण भुगाग: लिम्पियाधुरा, लिपुलेक र कालापानीको नाम राखेको छ। जुन नेपालको भुगाग हुन । सुगौली सन्धिका भुभागहरु फर्काउनुको सट्टा भारत यस्तो दुस्साहस गर्दा नेपालका नेताहरु के हेरेर बसेका छन? के नेपाली जनताले नेपालका नेताहरु बाट आश गर्न सक्छ ? सत्तामा पुग्न र सत्ता जोगाउन ब्यक्तिगत स्वार्थको निम्ति सुगौली सन्धि पश्चात् यिनै नेताहरुले मिलेर कोशी सम्झौता, गण्डक सम्झौता, टनकपुर सन्धि र महाकाली सन्धि जस्ता थुप्रै रास्ट्रघाती सन्धि गरेका छन त्यसैले लिपुलेक र कालापानीको यिहरुले रक्षा गर्लान् सोच्नु ब्यर्थ हो ।

त्यसैले अब हरेक नेपालीले जागरुक हुनुपर्ने बेला आएको छ। सबै नेपाली एक ढिक्का भएर अगि बड्नु पर्ने बेला आएको छ। पार्टी भक्त भएर हिड्नु भन्दा पनि देश भक्त भएर अगि बढनु पर्ने बेला आएको छ । जब सम्म हरेक नेपाली जागरुक र एकजुट हुन सक्दैनन् तब सम्म नेपाल सुरक्षीत हुन सक्दैन। हामी सबै नेपाली एक जुट भएर लागेउ भने अवस्य पनि लिपुलेक र कालापानीको रक्षा मात्र होइन सुगौली सन्धिमा गुमेको भुगागलाई पनि फिर्ता ल्याउन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्