सांसद शान्ता चौधरीको गाडी दु’र्घटना, सडकबाट दुई सय मिटर तल खस्यो


काठमाडौं। प्रतिनिधिसभा सांसद शान्ता चौधरी चढ्ने गाडी सडक दुर्घ’टनामा परेको छ । चौधरीले चढ्दै आएको बा २ झ २८७१ नम्वरको सरकारी गाडी गयराति दाङको लमही – ६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घ’टनामा परेको छ ।

गाडी दुर्घटनाको समयमा सांसद चौधरी भने सवार नरहेको र कुनै मानविय क्ष’ति नभएको दाङ प्रहरीले जानकारी गराएको छ । देउखुरी तर्फ जाँदै गरेको उक्त गाडी राती करिव १ बजे तिर दु’र्घटना भएपछि गाडी चालक रतनलाल चौधरीले प्रहरीलाई जानकारी गराएका थिए । गाडी सडकबाट दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्