देउवाको अपमान गरेको भन्दै ‘घामड शेरे’ सुदूरपश्चिममा चल्न नदिने


काठमाडौँ । कलाकार तथा निर्देशक आसिफ साहले माफी मागेका छन् । शनिबार फिल्म ‘घामड शेरे’ फिल्मको पोष्टर र नेपाली कांगे्रसका सभापति शेरबहादर देउवाको फोटोसँगै राखेर शाहले आफ्नो फेसबुक पेजमा पोष्ट गरेपछि उनी विवादमा मुछिएका थिए ।

उनले सार्वजनिक गरेको पोष्टलाई लिएर काँग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलले साहले सार्वजनिक रुपमा माफी माग्नु पर्ने भन्दै विरोध गरेका थिए ।
नेविसंघ बैतडीका जिल्ला सभापति कपिल केसीले एक स्टाटस लेख्दै फिल्म ‘घामड शेरे’ सुदुरपश्चिमका कुनै पनि हलमा चल्न नदिने उद्घोष गरेका छन् ।

कलाकार जगतको कलङ्क आसिफ शाहले सार्वजनिक रुपमा आममाफी माग्नुपर्छ’ सभापति कपिलले अगाडि लेखेका छन् । माफीसँगै शाहले अघिल्लो स्टाटस समेत डिलिट गरेका छन् । तर उनको अघिल्लो स्टाटस उनको पछिल्लो माफी भरिएको स्टाटसको कमेन्टमा उनकै फ्यानले पोष्ट गरिदिएका छन् ।

आसिफ केही पहिले प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ का निर्देशक कलाकार हुन् । उनी पछिल्लो समय नेपाल आइडल होष्टको रुपमा समेत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्