दबंगका लागि ३० किलाे ताैल घटाएकी सोनाक्षी


मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अपकमिङ फिल्म ‘दबंग–३’ का लागि शरीरको थप तौल घटाएकी छिन् । ‘दबंग ३’का लागि उनले ७ किलो वजन घटाएकी छिन् ।

सोनाक्षी सिन्हा नायक शत्रुघन शिन्हाकी छोरी हुन् । उनी पहिले निकै माेटी थिइन् । मोटी भएकै कारण उनलाई फिल्म खेल्ने चाहना हुँदा हुँदै पनि फिल्मबाट अफर आएको थिएन । फेशन इभेन्टमा म्यानेजर भएर काम गरिरहँदा एक दिन सलमानले तौल घटाउने भए आफ्नो फिल्ममा नायिका बनाउने अफर गरेपछि सोनाक्षीले एकैचोटी ३० केपी तौल घटाएकी थिइन् ।

उनले उक्त फिल्मका लागि ५० केजीको हाराहारीमा देखिनुपर्ने डिमाण्ड भएपछि शरीर फिट बनाउन एकैचोटी ३० केजी तौल घटाएकी छिन् । उनले तौल घटाएर सलमानलाई पार्टी समेत दिएकी थिइन् । लगत्तै उनी फिल्म ‘दबंग’मा नायिकाको रूपमा चयन भएकी थिइन् ।

सलमान खानसँग देखिने ‘दबंग ३’अब केहि समयपछिनै हलमा आउँदै छ ।हाल उनी शुटिङ सकाएर यसै फिल्मको प्रचार प्रसारमा जुटेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्