नेपाल फिफा बरियतामा ६ स्थान तल झर्यो


काठमाण्डौँ । फिफाको नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ ।
यसअघि एक सय ६१ औं स्थानमा रहेको नेपाल पछिल्लो छ महिनामा बरियतामा धेरै तल गएको हो ।

विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेका कारण नेपालको बरियता पनि झरेको हो । दक्षिण एसियाली देशमा नेपाल भन्दा माथि रहेको माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा पुगेको छ भने भारत दुई स्थान तल गर्दै १ सय ६ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्