आलमलाई जोगाउन जयबहादुर चन्दले भूमिका खेलेको खुलासा


काठमाडौं -६४ चैत : संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए । भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए ।

२७ चैत, साँझ ६ः१५ बजे स् रौतहटकै फरहदवा गाउँ ९हालको राजपुर नगरपालिका–२० स्थित शेख इद्रिसको छाप्रोमा बम बन्दै थियो । खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए । तर, बम बनिरहेकै ठाउँमा विस्फोट भयो । बम बनाउन भारतबाट ल्याइएका कैयौँ घाइते भए, कैयौँको मृत्यु भयो । आजको नयांपत्रिका दैनिकमा समाचार प्रकाशित छ ।

तत्कालीन एसपी जयबहादुर चन्द जसले पीडित परिवारले दिएको मुद्दा खारेज गरिपाऊँ भनी सर्वोच्चलाई लिखित दिएका थिए
लक्ष्मण न्यौपानेपछि प्रहरी प्रमुखका रूपमा रौतहट पुगेका जयबहादुर चन्दले पनि आलमलाई जोगाउन भूमिका खेलेका थिए भन्ने मुद्दाको मिसिलबाटै प्रस्ट हुन्छ । किनकि, उनले यति ठूलो जघन्य अपराधलाई ‘कपोकल्पित घटना’ भनेका थिए । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि त्यसउपर सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्चले जवाफ माग गरेपछि रौतहटका तत्कालीन एसपी चन्दले लिखित जवाफमै यस्तो भनेका थिए, ‘कपोलकल्पित व्यहोरा उल्लेख गरी सम्मानित अदालतसमक्ष दर्ता भएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ ।’ चन्दले एआइजीबाटै अवकाश पाइसकेका छन् ।

तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडे जसले आलमविरुद्ध मुद्दा चलाउन पीडित परिवारले दिएको निवेदन खारेज गरिदिए
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न नमानेपछि मृतकका परिवार महान्यायाधिवक्ताको कार्यालयमा आएका थिए । तर, महान्यायाधिवक्ताको कार्यालयले पनि आलमविरुद्ध मुद्दा नलाग्ने ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्