बौद्ध देश थाइल्याण्डका राजा ‘राम’, राष्ट्रिय ग्रन्थ ‘रामायण’


काठमाडौं । रामायणलाई हिन्दु धर्मको सबैभन्दा पवित्र ग्रन्थ मानिन्छ । महर्षि वाल्मीकिद्वारा लिखित यो महाकाव्यले धर्मको पाठ पढाउनुका साथै जीवनको मूल्यबारे समेत जानकारी दिन्छ । अयोध्याका राजा रामको जीवनको चरिर्थाचित्रण गरिएको ग्रन्थ रामायणलाई नेपाल र भारतमा विशेष महत्व दिइन्छ ।

यो ग्रन्थबाटै जीवनका हरेक मोडमा लोभ लिन सकिन्छ । यो महाकाव्यमा केवल राम र सीताको मात्र नभएर सामाजिक जीवनको समेत चित्रण गरिएको छ । रामायणका विभिन्न रोचक प्रशंगहरू छन् । जसलाई हामीले वर्णन गर्न सक्दैनौं ।

रामलाई हिन्दुधर्मावलम्बीहरूलाई भगवान मान्छन् । त्यही भगवान रामलाई पूर्व एसियाली देश थाइल्याण्ड भने राजा मान्दछ । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको थाइल्याण्ड रामलाई आफ्नो देशको राजा मान्दै आएको हो ।

थाइल्याण्डको राजधानी बैंककसँग जोडिएको छ अयोध्या शहर । यहाँका मानिसहरू अयोध्यालाई श्रीरामको राजधानी मान्दछन् । यहाँका बौद्ध मन्दिरमा ब्रहमा, विष्णु तथा महेश्वरका मूर्तिहरु वा चित्र पाइन्छन । थाइल्याण्डमा बौद्ध तथा हिन्दू धर्मको सुन्दर मिश्रण पाइन्छ । यहाँका मानिसहरू धर्मको नाममा कहिल्यै पनि द्वन्द्व गर्दैनन् ।

थाइल्याण्डको राजधानी बैंककको हवाइ अड्डाको नामनै स्वर्णभूमि एयरपोर्ट राखिएको छ । एयरपोर्ट क्षेत्रमा रामको वर्णन गरिएका तस्बिर पाइन्छन ।

सरकारी धर्म बौद्ध भएको देशमा हिन्दू धर्मको प्रतिक के हो ? यो प्रश्न बेला बेला उठ्ने गरेको छ । थाइल्याण्ड मूल रुपमा हिन्दु राष्ट्र थियो । त्यसैले हिन्दू धर्मको प्रतिक राष्ट्रिय चिन्ह हो । यहाँ हिन्दु धर्मका थाई राज परिवार सदियौंदेखि शासन गर्दै आएको छ । यहाँका राजाको निवास भगवान विष्णुको अवतार मानिन्छ । यहाँको राष्ट्रिय प्रतिक गरुड हो ।

थाइल्याण्डको राजालाई राम भनिन्छ । राज परिवार अयोध्यामा रहने गरेको छ । बौद्ध धर्मावलम्बी भए पनि यहाँका मानिस आफ्नो राजा राम वंशजसँग जोडिएकाले भगवान विष्णुको अवतार मान्छन् । त्यसैले थाइल्याण्डमा एक तरिकाले राम राज्य छ । यहाँको राष्ट्रिय ग्रन्थ रामायण हो ।

थाईल्याण्डमा थेरावाद बौद्ध धर्म मान्नेहरूको बाहुल्यता छ । तर पनि राष्ट्रिय ग्रन्थ रामायणलाई मानिएको छ । जसलाई थाई भाषामा राम कियने अर्थात राम कीर्ति हुन्छ । थाईल्याण्डबासीले रामायणलाई रामको कीर्ति मान्छन् । एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्