जहाँ आफ्नो तलब आफैं तोक्छन्न् कर्मचारीहरु


दुनियामै कुनै कम्पनीमा काम गर्न वा दिन परयो भने कम्पनिको कर्मचारीहरुलाई कम्पनी मालीकले नै तलव तोक्ने गर्छन् । यद्यपी केहि स्थानमा कर्मचारीहरुलाई तलवको माग गर्न अनुमती भने दिईएको हुन्छ । तर कामदार वा कर्मचारीलाई आफ्नो तलव आफै तोक्न भने दिईदैन । तर दुनियामा यस्तो एउटा कम्पनीको बारेमा बताउन गईरहेका छौं।

जहाँ कर्मचारी आफैले आफ्नो तलव भत्ता तोक्छन् । बेलायतको राजधानी लण्डनमा राजधानी लण्डनमा यस्तो एक कपनी रहेछ । जहाँ कर्मचारीले आफ्नो तलब आफै तोक्ने मात्र नभई आफूलाई मन लाग्दा आफ्नो तलब आफैं बढाउन पनि पाईदो रहेछ । ग्रान्ट ट्री लिमिटेड कम्पनीले विभिन्न व्यावसायिक फर्महरुलाई सरकारी कोष दिलाउनका लागि यो कम्पनीले सहयोग गर्दछ । उक्त कम्पनीमा काम गर्ने एक महिला कर्मचारीले हालै आफ्नो तलब आफैं बढाएकी छिन् ।

पहिले उनको तलब वार्षिक ४३ लाख रुपैयाँ बराबर थियो भने अहिले झण्डै ५३ लाख रुपैयाँ भएको छ । २५ वर्षकी सिसिलिया मन्डुकाले आफ्नो तलब आफैं बढाएका हुन् ।उक्त कम्पनीमा कर्मचारीहरुले आफ्नो तलब आफै बढाउनु अघि आफ्ना सहकर्मीहरुसँग तलब वृद्धिको प्रस्ताव राख्नु पर्दछ । ४५ कर्मचारी काम रहेको सो कम्पनीमा सबैलाई आफ्नो तलब तोक्न तथा घटबढ गराउने अधिकार रहेको बीबीसी युकेमा मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्