भोका–नांगा जनतालाई अणुबम होइन, रोटी देऊ !


नयाँ दिल्लीले आफ्नो संविधानको धारा ३७० र ३५ खारेज गरी जम्मु–काश्मिरलाई संघीय प्रशासन अन्तर्गत ल्याएपछि भारत पाकिस्तान दुई देशबीच कूटनैतिक सम्बन्ध हदैसम्म विग्रिने गरेको र सीमाानामा युद्धको तनावपूर्ण स्थिति खडा भएको छ । त्यसले दक्षिण एसियाई उपमहाद्वीप परमाणु युद्धको कालो छायाँ भित्र पर्न गएकोमा विशेषज्ञहरू चिन्तित भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘काश्मिर समस्या’ नसुल्टिएको अवस्थामा भारत–पाकिस्तानबीच परमाणु युद्धको सम्भावना रहेको र त्यसले विश्वलाई नै नराम्रो गरी प्रभावित पार्ने छ भनि सचेत गराउन खोजेका छन् । तर, अन्य कूटनैतिक जगतले भने त्यो भनाईप्रति खासै महत्व दिने गरेका छैनन् ।
जसको मतलव भारत–पाकिस्तान दुबै पक्षलाई आणविक हतियारको प्रयोगबाट हुने परिणामबारे प्रष्टै जानकारी रहेको छ भन्ने नै हो ।

त्यसले ‘अहं नास्ती ईदं नास्ती’ भन्ने उक्तिलाई पुष्टि गर्दछ । अथवा त्यस्तो सम्भावित युद्धमा कसैको ‘जीत’ छँदैछैन । आफू नजित्ने विनाशकारी युद्धमा होमिनेकाम मूर्ख शासक र सत्ताले मात्र गर्ने हो । कुनै पनि समझदार मानिस र सत्ताले त्यस्तो सोच्नै सक्दैन । त्यो ‘ईश्वर’ वा अल्लाहको नाममा छेड्ने गरेको ‘जेहाद’ नै किन नहोस् पूर्णरुपले विनाश भएर जाने देखिन्छ । विश्वका भोका–नांगा जनताले रोटी–नाना माग्छन्–अणुवम होइन । त्यसकारण ‘राष्ट्र’हरू आत्मघाती युद्धको पक्षमा हुने गर्दैनन् ।

अहिले नयाँदिल्ीि र इस्लामावाद दबै काश्मिर मुद्दामा नराम्रोसँग अल्झिन पुगेका छन् । त्यो मुद्दा दुबै राष्ट्रहरूले आफ्नो अस्मिताको सवाल बनाएको देखिन्छ । पाकिस्तान काश्मिर मामिलालाई अन्तर्राष्ट्रिय मुद्दा बनाउन भरमग्दुर कूटनैतिक प्रयासमा जुट्ने गरेको छ । त्यसले सन् १९४८ को ‘युनाइटेड् नेशन कमिशन कर इंडिया एण्ड पाकिस्तान’ नामक कमिटीमा प्रतिवेदनमा टेकेर अगाडि बढ्न खोजेको देखिन्छ । तर, भाजपा सरकारले भने सन् १९७२ को सिमला सम्झौता, सन् १९८८ को लाहोर घोषणापत्र अनुकूल काम गर्न विफल सावित भएको र विगतमा ७० बर्षहरूदेखि काश्मिरी युवा जगतमा अन्तर्राष्ट्रिय इस्लामी जेहादी प्रशिक्षण दिने गर्नाले काश्मिरमा जनमत संग्रह नै गर्दा पनि सत्य सही परिणाम आउन नसक्ने निष्कर्ष निकाल्ने गरेका छन् । त्यसकारण जम्मु काश्मिर मुद्दा ‘दुई–पक्षीय’ मामिला भन्दै आएकोमा अहिले आन्तरिक मामिला भन्ने गरेको र त्यसलाई केही भारतका मित्र राष्ट्रहरूले पनि समर्थन जनाइसकेका छन् ।

जम्मु काश्मिर मुद्दा भारतको आन्तरिक मामिला होइन भने त्यो भारत–पाक बीचको दुईपक्षीय मामिला हो वा भारत–पाक र चीनसमेत त्रिपक्षीय मुद्दा पनि हुन् बन्न सक्ने पनि देखिन्छ । किनभने अक्साई चीन भूक्षेत्रलाई ब्रिटिश उपनिवेशकालीन सीमारेखा म्याकमोहन लाइनको आधारमा भारतको पनि दाबी रहेको पाइन्छ । चीनले भने म्याकमोहन लाइन ब्रिटिश साम्राज्यको ज्यादतीको चिन्ह हो भन्ने गरेका छन् ।

दक्षिण एसियामा युरोप, अरब जगत, रसिया फेडेरेशन, चीन र भारतको संवेदनशील सामरिक केन्द्रको रुपमा काश्मिरलाई लिने गरिन्छ । पाकिस्तानको नियन्त्रणमा रहेको ‘आजाद काश्मिर’को भूक्षेत्र हुँदै चीन–पाकिस्तानबीचको ब्यापार मात्र स्थापना गर्ने योजना लागू भइसकेको अवस्था छ ।

नयाँ दिल्लीका विश्लेषकहरूको दृष्टिमा अफगानिस्तानबाट अमेरिकी सेना सबै फिर्ता भएमा त्यहाँ स्थापित हुने मुस्लिम कट्टरपन्थी तालिवान सत्ता पुनर्उत्थान हुँदा उग्रवादी गतिविधिमा बढोत्तरी हुनसक्छ । त्यसकारण काश्मिर मामिला संवैधानिक, कूटनैतिक वा फौजी बलको प्रयोगबाट पनि तत्काल टुंगोमा पु¥याउनु पर्नेमा जोड दिने गरेका छन् । त्यसो गर्न नयाँ दिल्ली सफल भएको मानिन्छ । अब जम्मु काश्मिरले शान्ति र विकासको बाटो रोज्ने छ भन्ने गरिएको छ ।

ऐतिहासिककाल विशेषमा काश्मिर खस जातिसँग पनि सम्बन्धित क्षेत्र हो । खस जातिहरू युराल पर्वत, सिङ्क्याङ (खासागार) हुँदै एकताका काश्मिर पर्वतीय उपत्यकामा पनि बसोबास गरेका थिए । त्यहाँबाट कुमाउ–गढवाल हुँदै पूर्वी पहाडतर्फ विस्तार हुँदै आएको मानिन्छ । जसलाई पर्वते हिन्दू–आर्य भन्ने गरिन्छ ।

एकताका वीपी कोइरालाले काश्मिर, नेपाल, सिक्किम र भुटानसमेतको ‘हिमाली संघ’ गठन गर्नेपर्ने विचार प्रकट गरेका थिए । त्यसबेला सो विचारलाई ‘अमेरिकी डिजाइन’ भनि इन्कार गरिएको थियो । काश्मिरको भारतबर्ष जत्तिकै प्राचीन छ । केहीले काश्यप ऋषिले तपोभूमि भएकाले काश्मिर नाम रहेको भन्ने गर्दछन् । केहीले काश्मिर क्ष्ँेत्रमा मात्र पाइने ‘केशरी फूल’ नामक वन औषधिको प्रजातिले गर्दा ‘काश्मिर’ नामकरण हुन गएको मान्छन् । अशोक सम्राटको कालमा भने काश्मिर बौद्धहरूको अध्यान र ध्यान योगको केन्द्रको रुपमा विकसित भएको थियो । अरबिक मुस्लिम आक्रमण हुन थालेपछि त्यहाँ मुस्लिमीकरण हुन गएको मानिन्छ । त्यसअघि हिन्दू–बौद्ध दुबैमतको धार्मिक पवित्रस्थल हो । त्यसकारण आरएसएसहरूले विगत पाँच हजार बर्षहरूदेखि नै जम्मु–काश्मिर भारतकै अंग रहेको दाबी गर्छन् ।

भारतका प्रमुख विपक्षी दल भारतीय कांग्रेस काश्मिर मुद्दालाई लिएर मुस्लिम जनमतको आडमा सत्तारुढ भाजपाको विरुद्धमाा उत्रेका छन् । त्यस क्रियाकलापले कांग्रेसलाई इस्लामिक संगठनहरू र पाकिस्तानसँग नजिक पुर्याउँछ । हिन्दुत्ववादी नारा र कार्यनीतिले गर्दा हिन्दुस्थानका आम जनतमत भाजपातिर समर्पित हुने गरेका छन् ।
धर्म निरपेक्षतालाई मूल राजनैतिक एजेण्डा बनाएर बोक्ने गर्नाले कांग्रेस हिन्दू समाजबाट टाढिदैं गएर यो स्थितिमा पुगेको हो भन्ने पर्यवेक्षकहरूको ठहर छ । फेरि अहिले मुस्लिम दुनियाँभित्रबाट उग्रवादी संगठन विश्वव्यापीरुपमा सक्रिय थालेको अवस्था पनि हो । तर धेरै जसो इस्लामिक राष्ट्रहरूका शासकहरू भने त्यसबाट अगल (चोखो) रहन चाहेको पनि देखिन्छ ।

यता नेपाली कांग्रेस भित्र पनि अहिले हिन्दू राष्ट्रको राजनैतिक एजेण्डा बहसको चुरोमा पस्न थालेको पाइन्छ । जसको नेतृत्व युवापुस्ता र दोस्रो तेस्रा तहका नेताहरूबाट गर्न थालेको र यसअघि नै सातसय भन्दा बढी कार्यकर्ता तथा नेताहरूका हस्ताक्षर हिन्दू राष्ट्रको पक्षमा संकलन भै पार्टीलाई हस्तान्तरण गरिसकेका छन् । हिन्दू अधिराज्यलाई धर्मनिरपेक्ष राज्यमा परिणत गर्न पार्टीभित्र अन्तर्पार्टी बहस चलाउने कुरा तः परै जाओस् त्यसको सूचनासमेत गुपचुपमा राखेको भन्ने गरिन्छ । इजरायल राज्यको गठन र छिमेकी पाकिस्तान राष्ट्रको गठन पनि यहुदी धर्म र इस्लाम धर्मको आधारमा भएकाले त्यहाँका राज्यका स्थायी अंगहरू सबै आ–आफ्ना धर्मप्रति बफादार र जिम्मेवारी भित्र रहन बाध्य छन् । त्यसले दलीय राजनीतिलाई पनि प्रभावित पार्ने गरेको छ ।

बडामहाराज पृथ्वी नारायण शाहले नेपाललाई विश्वको एकमात्र ‘असली हिन्दुस्तान’ भन्ने संज्ञा यस अर्थमा किन सम्पूर्ण हिन्दुस्तान ब्रिटिश उपनिवेशभित्र पिल्सिएको थियो । त्यसको विपरीत हिन्दुत्वले आफ्नो शासन आफैंले गर्ने स्वतन्त्र नेपाल गठन गरेको मानिएको छ । यसबीचमा नेपालभित्र हिन्दुत्व माथि जब्बर प्रहार हुन गयो । राष्ट्रिय पहिचानसँग गाँसिएको धर्म संकटमा पर्न गएको महसुस भइसकेको छ । त्यसलाई सच्च्याउने अनेक बाटोहरू पनि खुल्ला छन् । सच्च्याउनका लागि सर्वसम्मतिको नेतृत्व खडा गरी शान्तिपूर्ण आन्दोलनमार्फत सरकारलाई प्रभावकारी दबाब पनि दिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्