गाउँले जनताको काम गर्छु, सरकार र पैसाका लागि गर्दिनँ – महावीर पुन, वैज्ञानिक


म्याग्दीको अन्नपूर्ण नगरपालिका अन्तर्गत नान्गी गाउँमा जन्मिनु भएका महावीर पुन माध्यमिक शिक्षा चितवनबाट प्राप्त गरी उच्च शिक्षाको लागि अमेरिका नाव्रेस्का विश्वविद्यालय पुग्नुभयो । अमेरिकाबाट आफ्नै घरगाउँमा केही गर्न फर्किएपछि शिक्षा, स्वास्थ, सञ्चारलगायत धेरै क्षेत्रमा समाज परिवर्तन गर्न सक्षम रहे ।

समाज परिवर्तनलाई पहिचान गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधिबाट सम्मानित भए । म्यागासेसेजस्तो उच्च पुरस्कारबाट सम्मानित माहाविर पुन, अमेरिका विश्वविद्यालय नेवे्रस्काले मानार्थ डाक्टर उपाधि पनि दियो । मान्छेको दुख देखेर आत्मबल पाउने डाक्टर पुन अहिले आविस्कार केन्द्रमा आवद्ध हुनुहुन्छ । नेपाल समाचारपत्रका लागि डाक्टर पुनसंँग अर्जुन कार्कीले गर्नुभएको कुराकानी

इन्टरनेट भन्ने नाम नै थाहा नभएको दुर्गम गाउँमा जन्मिनु भई इन्टरनेटको विस्तारमा यति धेरै कार्य गरिसक्नुभएको छ । आफ्नो जीवनसंघर्षको आत्मबलको स्रोत केलाई मान्नुहुन्छ ?

विभिन्न व्यक्तिले विभिन्न खालका कथाहरु बनाउँछन्– मैले यस्तो कुराले आत्मबल पाएँ भनेर । कसैले कुनै नेताबाट अथवा कसैले आफ्नो बा–आमाबाट । तर मैले भन्ने कुरा के हो भने– मैले चाहिं मान्छेको दुख देखेर आत्मबल पाएको हु । मैले जतिपनि कामहरु गरेको छु– आफ्नो व्यक्तिगत फाइदाको लागि गरेको छोइन । त्यो काम मैले समाजको हितको लागि गरेको छु । त्यो किन गरेको हु भने समाजको दुख मैले नजिकबाट हेरेको छु । त्यो समाजको दुखसंँग परिचित छु ।

त्यसकारणले मेरो आत्मबलको स्रोत चाहिं त्यस समाजको आवश्यकता, नागरिकको दुख नै हो । त्यो दुख र आवश्यकताले मलाई काम गर्न हौसला प्रदान ग¥यो । समाजमा सञ्चार, स्कुल, स्वास्थ्यआदि कुराहरुको आवश्यकता नभईदिएको भए मैले त्यो काम गर्ने थिइनँ । सञ्चार मात्र होइन, त्यो त एउटा सानो काम हो । समाज विकासमा लागि शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, आय–आर्जन आदिका लागि धेरै काम भएको छ । सञ्चारले मात्र त गाउँलेको दुख त हट्दैन नि ।

अहिले चाहिं केमा व्यस्त हुनुहुन्छ ?
अहिले म आविस्कार केन्द्रमा काम गर्दैछु । यो राष्ट्रको दुख देखेर नै खोलेको हो । आविस्कार केन्द्रमा जनताको दुख देखेर काम गरिरहेको छु । समाजको दुख देखेर काम गरेको पनि २६–२७ वर्ष भयो । अब चाहिं राष्ट्रको दुख समाधान गर्नको लागि काम गरिरहेको छु । सबैलाई थाहा छ, हाम्रो राष्ट्र गरिब छ । जनताले दुख पाएका छन् । रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छ तर यो दुखलाई कसरी निर्मूल पर्ने भन्ने कुरा चाहिं हामीले नै सोच्नुपर्छ ।

अहिले विदेशिने हलर चलेको छ । देशमा कुनै उद्योगधन्दाहरु छैनन् । देशमा कुनै चिज उत्पादन हुदैन । यस्ता दुखलाई समाधान गर्नको लागि देशलाई आर्थिक रुपमा विकास गर्नुपर्ने हुन्छ । देशलाई आर्थिक रुपमा विकास गर्न प्रतिभा भएको मान्छे देशमा बस्नुपर्छ । अन्यथा देश कहिले पनि विकसित बन्दैन । देशको दुख देखेर राष्ट्रिय आविस्कार केन्द्रको सुरु गरियो ।

शिक्षाको क्षेत्रमा हेर्दा तपाईंको प्राथमिक तहदेखि मानार्थ विद्यावारिधिसम्मको शैक्षिक गोरेटो कस्तो रह्यो ?
माध्यमिक तहसम्म नाग्नी भन्ने गाउँमै अध्ययन गरे । त्यसपछि उच्च माध्यमित तह, जुन चाहिं अहिले माध्यमिक नै भनिन्छ) त्यो चितवनबाट गरें । त्यसपछि म १३ वर्षसम्म शिक्षक भएर काम गरें । त्यसपछि पढ्नको लागि अमेरिका गएँ । अमेरिकाको नेव्रास्का विश्वविद्यालयले स्कलरसिप दिएको हुनाले पढ्न गएको हो । पढेर आएर धेरै वर्ष काम गरी सकेपछि सामाजिक पहिचानको लागि अशोका फेलोसिप भन्ने एउटा पहिचान पाएँ ।

आईटि अमेरिकामा पढिसकेपछि अमेरिका छाडेर नेपाल किन फर्किनु भयो ? अमेरिकामै काम पाउनुहुन्थो नि ।
आफ्नै गाउँघरमा केही गर्न सकिन्छ कि हेरम् न भन्ने हिसावले फर्किएको थिएँ । फर्किसकेपछि केही वर्ष त गाउँका स्कुलमा काम गरें । समाज विकास, शिक्षा, स्वास्थ्यआदि क्षेत्रमा धेरै वर्ष काम गरें । पछि गाउँघरको आवश्यकता सञ्चारक्षेत्रमा देखियो । सबै कुराको विकास हुनको लागि सञ्चार चाहिने रहेछ भन्ने देखियो । अनि इन्टरनेटको सुविधाको लागि काम गरें । यो क्रम बिस्तारै बढ्दै गयो । त्यतिखेर इन्टरनेटको टावर बनाउने पैसा हुदैनथ्यो । जंगलका रुखहरुमा टावर राखेर इन्टरनेटको नेटवर्क विस्तार गर्ने काम गरें । त्यो इन्टरनेट त दुखले र समाजको आवश्यकताले लगेको कुरा हो ।

केही वर्षअघि गाउँ–गाउँमा इन्टरनेटबाट काठमाडौका स्वास्थ्य सेवा–सुविधाहरु पु¥याउनु भएको छ भन्ने कुुरा समाचारमा आएको थियो । यो कसरी पु¥याइरहनु भएको छ, गाउँलेले कस्तो सेवा–सुविधा पाइरहेका छन् ?
यहाँका डाक्टरहरुसंँग टेलिमेडिसिनबाट सम्पर्क गराइएको छ । यो धेरै अगाडिदेखि भइरहेको काम हो । मेले गरेको भनेको जनताको लागि हो र जनतासँंग काम गरेको हो । सरकारसंँग मैले केही काम गरेकै छैन अहिलेसम्म । मलाई कुनै सरकारले खटाएर फलानो ठाउँमा गएर काम गर भनेको होइन । म आफ्नो खुसीले गाउँमा गएर बसेको हो । जनताको दुखकष्ट हर्नको लागि के गर्न सकिन्छ भनेर काम गरेको हो । त्यसकारणले जनताको काम हो । मैले कहिले पनि मेरो काम भनेर पैसाको लागि काम गरिन ।

सञ्चार माध्यम गाउँगाउँसम्म पु¥याउनु पर्छ भन्ने सोच कसरी आयो ? कसरी इन्टरनेट विकास गर्नुभयो र कामका सिलसिलामा कस्ता चुनौतीहरु रहे ?

म इन्टरनेट लैजान गाउँ गएको होइन । गाउँमा के सहयोग गर्न सकिन्छ भनेर गएको हो । इन्टरनेट ल्याउने भन्ने कुरा त गाउँमा बसेको १० वर्षपछिको कुरा हो । गाउँमा म १९९२ मा गएँ र इन्टरनेट २००२ मा ल्याएँ । यो दस वर्षसम्म त मैले अरु सामाजिक काम गरें । मैले शिक्षा, स्वास्थ्यको लागि विभिन्न किसिमका काम गरें । ती सबै कामहरु गर्ने क्रममा सञ्चारको पनि आवश्यक प¥यो ।

त्यसैले सञ्चारको पनि काम गरियो । तर यो सञ्चार त एउटा सानो काम हो । इन्टरनेट लैजाने भन्ने त १०, १५ प्रतिशत मात्र काम हो । यी सबै काम गर्दा पनि मलाई के थाहा भयो भने, यति काम गरेर देशको विकास हुदैन रहेछ । यसरी खुद्रा काम– गाउँमा इन्टरनेट लगेर, दुई चारवटा स्थास्थ्य चौकी बनाएर, यस्ता कामहरु गरेर देशको विकास हुन्न रहेछ । यसले देशको आर्थिक विकास गर्दैन ।

एउटा सामाजिक विकास चाहि ग¥यो तर देशको विकास गर्दैन । देशमा अनुसन्धानको केन्द्र विकास गर्नुपर्छ भन्ने भयो । देशमा अनुसन्धान आविस्कार केन्द्र चाहिन्छ भन्ने भयो । आविस्कार केन्द्रहरु नखोलेसम्म देशको आर्थिक विकास गर्न नसकिंदो रहेछ । देशमा रोजगारीको सृजना गर्न सकिंदो रहेनछ ।

म अमेरिकाबाट आउँदा भरखर भरखर नेपालमा इन्टरनेट पसेको समय थियो । त्यो इन्टरनेट गाउँमा जाने भन्ने कुरा त सम्भव नै थिएन । त्यति बेला अहिलेको जस्तो मोबाइल भइदिएको भए अथवा अहिलेको जस्तो नेटवर्क भईदिएको भए म चाहिं सायद यो इन्टरनेटतिर लाग्ने थिइनँ होला । मुख्य कारण चाहि ः गाउँघरमा सञ्चारको धेरै समस्या थियो । सञ्चार छदै थिएन । इन्टरनेट भन्ने कुरा त गाउँलेहरुलाई थाहै थिएन । त्यति बेला मैले सोचेको कुरा के थियो भने– गाउँघरका स्कुले विद्यार्थीलाई इन्टरनेट सिकाएर केही गर्न सकिन्छ कि भन्ने थियो । शिक्षामा इन्टरनेट प्रयोग गरेर अझ शिक्षा क्षेत्र मजबुत बनाउन सकिन्छ भन्ने उद्देश्यले शिक्षाको लागि मैले इन्टरनेट लगेको थिएँ ।

विदेशतिर पनि इन्टरनेट पढाइमा प्रयोग भइरहेको थियो । इन्टरनेटको माध्यमबाट शिक्षा खोजमूलक बनिरहेको थियो । त्यस्तै किसिमको नेपालको गाउँघरमा पनि गर्न सकिन्छ कि भन्ने उद्देश्यले मैले प्रयोगमा ल्याएको थिएँ । तसर्र्थ मुख्य कारण त शिक्षा र सञ्चारको लागि भनेर इन्टरनेट शुरु गरियो । पछि काम गर्दैजादा शिक्षा र सञ्चारको लागि मात्रै नभएर स्वास्थ्य, व्यापार तथा अन्य कामको लागि पनि प्रयोग गर्न सकिने रहेछ भनेर त्यतातिर लागियो । यी सब द्वन्द कालमा गरेका कामहरु हुन् । पछि द्वन्द सकिएपछि विस्तारै गाउँघरमा मोबाइल पुग्न थाल्यो । केही हदसम्म सञ्चारको समस्या त समाधान भयो तर पनि इन्टरनेट त राम्रोसँंग पुगेको थिएन र छैन पनि । अहिले पनि सुगम ठाउँहरुमा इन्टरनेटको सुविधा छ तर दुर्गम ठाउँहरुमा पर्याप्त मात्रमा पुगेको छैन । इन्टरनेटको जुन ब्याण्डउइथ चाहिन्छ पढ्नको लागि, त्यो पुगेको छैन ।

मुलुकको नयाँ संरचनापछि तपाईंको काममा परिवर्तन छ कि ?
नयाँ संविधान बनेर नयाँ सरकार बनिसकेपछि, गाउँपालिकाहरु भइसकेपछि उनीहरुले इन्टरनेट विस्तारको कामहरु गरिरहेका छन् । त्यसैले मैले अहिले इन्टरनेटको काम छाडेको छु । यो इन्टरनेट विस्तारको काम अहिले मैले नगरेपनि हुन्छ । इन्टरनेटको विस्तार गर्ने, गाउँलेहरुलाई सिकाउने थुप्रै एनजिओ, आईएनजिओहरु पनि जन्मिएका छन् । थुप्रै संस्थाहरु पनि छन् ।

गाउँपालिकाहरुले सहयोग मागे भने उनीहरुलाई सहयोग दिइरहेको छु । वर्तमानमा मैले यो सूचना प्रविधिको क्षेत्रमा धेरै कम काम गरिरहेको छु । तर अहिले पनि गाउँ–गाउँमा ब्रडब्याण्ड इन्टरनेट पु¥याउन इन्टरनेट कम्पनीहरु खासै लागेको देखिन्न । त्यस्ता इन्टरनेट कम्पनीहरु नलागेका ठाउँहरुमा कसैले सहयोग माग्यो भने म अहिले पनि मद्दत गर्न तयार छु ।

इन्टरनेटको विस्तारमा एन्जियो–आईएनजिओ भन्नुभो तर हेर्दा त यिनीहरु प्राय सहरकेन्द्रित नै छन हैन र ?
एनजिओ–आईएनजिओ त धेरै सहरकेन्द्रित नै छन् । आफूलाई कहाँ सजिलो हुन्छ त्यही काम देखाउँने हिसाबले जान्छन् । अप्ठ्यारो ठाउँमा जादैनन् । एनजिओको कामभन्दा पनि गाउँपालिकाका प्रतिनिधिहरुले आफ्नो कार्यकालमा म केही गरेर देखाउँछु भन्ने काम हो । जो अलिक आधुकिन विचारधारा भएका युवा संस्थाहरु छन् उनीहरुले चाहिं गाउँमै काम गरिरहेका छन् । गाउँपालिकाको तर्फबाट बजेट छुट्याएर गाउँलेहरुलाई पहुँच पु¥याउँने क्रममा धेरै नभएता पनि केही छन् । त्यस्ताको लागि चाहिं गाउँपालिकाहरुले ठेक्कापट्टा गरेर काम गराइरहेका छन् ।

शुरु शुरुका दिनहरुमा स्वदेशी वा विदेशीहरुसँग कसरी सहयोग भाग्नु भयो ?
मैले कसैसंँग पनि पैसा माग्दिनँ । मलाई पैसा दिनुहोस् म यस्तो गर्छु भनेर म कसैलाई पनि भन्दिनँ । कसैको ढोकामा गएर मैले मागिनँ । कसैलाई जबरजस्ती गर्दिनँ । तर कसैले चाहिं मैले गरेको काम देखेर सहयोग गर्छन् भने त्यसलाई स्वीकार गरिन्छ । मैले अहिलेसम्म भनेको कुरा के छ भने राष्ट्रको लागि यस्तो यस्तो कामहरु गरिएको छ । आविस्कार केन्द्र खोल्नुभन्दा अगाडि म गाउँगाउँमा काम गर्थे – कम्युटर, इन्टरनेट, वायरलेस आदि कामहरु । मान्छेले देखेर मेरो गाउँमा पनि लगिदिनुप¥यो भन्थे । अर्कोले मेरोमा पनि भन्थे । उनीहरु पैसा उठाउँथे अनि पठाउँथे । मैले चाहिं लगिदिने ठाउँमा लगि दिन्थे ।

मैले कसैलाई पनि राष्ट्रिय आविस्कार केन्द्रको लागि यति पैसा दिनुहोस् भनेर कहिले पनि भगिनँ । काम गर्ने हो । त्यो कामको लागि मनपर्छ भने कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा आउने हो । त्योभन्दा उहाँहरु सहभागी हुन आउनुहुन्थो ।

अहिले राष्ट्रिय आविस्कार केन्द्र बाहेक अरु के के मा व्यस्त हुनुहुन्छ ?
म अहिले कहीं पनि आवद्ध छैन । देशको सबैभन्दा ठूलो आवश्यकता अनुसन्धान राष्ट्रिय केन्द्र नै हो । त्यहाँभन्दा अरु काम गरिंदैन । विगत दुई वर्षदेखि म राष्ट्रिय आविस्कार केन्द्रमा छु । त्यसैमा काम गरिरहेको छु । अहिले म इन्टरनेटको कामभन्दा पनि सफ्टवेर प्रयोग गरेर गाउँ–गाउँमा अझ धेरै सुविधा कसरी दिन सकिन्छ भन्नेतिर लागेको छु । यसमा पनि थुप्रै संघसंस्था तथा कम्पनीहरु गाउँपालिका–नगरपालिकालाई सहयोग गर्न लागि रहेका छन् ।

म आफू चाहिं व्यावसायिक रुपमा लागेको छैन । तर कसैले यस्तो चिज गरिदिनुप¥यो भनेर आएका खण्डमा मैले आफूले सकेको मदद्त गर्छु । मैले यो इन्टरनेटलाई व्यवसायको विषय बनाइनँ । एउटा सामाजिक कामको रुपमा मात्र लिएँ । यसबाट मैले पैसा कमाउने भन्ने किसिमको सोचाइ राखिनँ । नवपुस्ताहरुले यसलाई लिइरहेका छन् । उनीहरुले गर्नुपर्छ । अहिलेका युवाहरुले नै गर्नुपर्छ । त्यसैले म अलिक टाडा हुदैछु । अहिले कलेज पढेकाहरुले मैले जसरी गाउँ गाउँमा इन्टरनेट प्रविधिबाट इन्टरनेट लैजाने गर्थे त्यसरी नै व्यावसायिक रुपमा विस्तारै विस्तारै काम गरिरहेका छन् ।

राष्ट्रिय आविस्कार केन्द्रले के उद्देश्य राखेको छ र अहिले के गर्दैछ ?
राष्ट्रिय आविस्कार केन्द्रको उद्देश्य भनेको कुनै एनजिओ अथवा आईएनजिओको जस्तो होइन । यो सरकारले राख्नुपर्ने लक्ष्य हो । त्यो भनेको नेपाललाई सवृद्ध बनाउने लक्ष्य हो । योे सरकारले बनाइरहेको छ र काम पनि गरिरहेको छ । म पनि त्यस लक्ष्यमा लागिरहेको छु । देशलाई कसरी आर्थिक, सामाजिक तथा अन्य रुपमा सवृद्ध बनाउने भनेर दीर्घकालीन उद्देश्य राखेर काम गरिरहेको छु ।
तर हामीले रोजेको बाटो र सरकारले रोजेको बाटोमा अलिकति फरक छ ।

देशको भौतिक पूर्वधार कसरी बनाउने भन्ने कुरामा सरकार केन्द्रित छ भने राष्ट्रिय आविस्कार केन्द्रको उद्देश्य चाहिं सवृद्ध बनाउनको लागि देशको सबभन्दा ठूलो सम्पत्तिलाई प्रयोग गर्नुपर्छ भन्नेमा छ । देशको सबभन्दा ठूलो सम्पत्ति भनेको चाहिं एकदमै प्रतिभाशाली युवाहरु हुन् । यस्ता युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि केही न केही व्यवस्था गर्नुपर्छ । उनीहरुलाई एउटा अवसर दिनुपर्छ । जो बस्न चाहन्छन् उनीहरुलाई अवसर दिएर उनीहरुको प्रतिभालाई फलाएर फुलाएर, अनुसन्धान–आविस्कार गरेर, त्यसलाई व्यापार गरेर, देशको आयात घटाउने र निर्यात बढाउने काम गरेर, देशको आर्थिक विकास गर्नुपर्छ भन्ने खालको सोच दीर्घकालीन सोच हुनुपर्छ । यस्तो खालको आभियानमा आविस्कार केन्द्र छ ।

आविस्कार केन्द्रले रोजगारी सृजना गर्ने कस्तो उद्देश्य राखेको छ ?
रोजगार उत्पादनको लागि अहिलेको सरकारले के कार्यक्रम गरेको छ र ? रोजगारी भनेर अहिले जागिर दिइरहेको छ । त्यो रोजगारी उत्पादन गरेको होइन । रोजगारी सृजनाको लागि त काम हुनुप¥यो । उद्योगधन्दा हुनुप¥यो । अहिलेको कार्यक्रमले त त्यो रोजगारीको लागि त्यत्तिकै ल तिमीहरुले काम पाएनछौ, हामीले काम दिन्छौ भनेर काम दिएको मात्र हो । रोजगारीको सृजना गर्नको लागि सर्वप्रथम त कुनै पनि आविस्कार हुनुप¥यो । त्यसअनुसार उद्योग धन्दाहरुको विकास हुनुप¥यो । व्यवसायको विकास गर्नुप¥यो ।

प्रतिभाशाली मान्छेहरुलाई उद्यमी बनाउनुप¥यो । उद्यमी बनेपछि उनीहरुले रोजगारीको सृजना आफै गर्छन् । त्यसकारणले हाम्रो पुग्ने गन्तव्य एउटै भएता पनि सरकारले त्यो लक्ष्यसम्म पुग्ने बाटो जुन रोजेको छ, त्योभन्दा हामीले एकदमै भिन्न तरिकाले रोजेका छौं । हामीले रोजेको तरिका के भने विकसित देशहरुले जसरी आफ्नो देश विकसित गरे, आफ्नो देशको अर्थतन्त्र बलियो बनाए, त्यही नै हो हामीले रोजेको बाटो । अमेरिका भनौं अथवा अरु जुनसुकै विकसित देशले आविस्कार गरेका छन् ।

अनुसन्धनलाई एकदमै प्राथमिता दिएर, त्यसमा खर्च गरेर, त्यहाँका प्रतिभाहरुलाई ठाउँ दिएर, त्यस्ताको सोचबाट नयाँ कुराको आविस्कार गरेर, त्यसलाई व्यापार गरेर, उनीहरुले देशलाई सवृद्ध बनाएका हुन् । त्यो कुरा हाम्रो देशको अहिलेसम्मको कुनै पनि सरकारमा यो नगरी नहुने हो भन्ने कुरा बुझेका छैन्न् । अलिअलि गर्ने भन्नेसम्म चाहि पुगेको छ तर पूर्णरुपमा गर्नुपर्छ भन्ने चाहिं छैन । नगरी नहुने हो भन्ने कुरा अहिलेसम्म हाम्रो देशको कुनै पनि नेताको दिमागमा घुसेको छैन ।

देशलाई समृद्ध बनाउनको लागि अनुसन्धनको महत्व कस्तो देख्नुहुन्छ ?
देशलाई सवृद्ध बनाउन विभिन्न काम गर्नुपर्छ । तर अहिले काम गर्नको लागि पूर्वधारमा मात्र सरकारले पैसा खन्याएको छ । पूर्वाधारको विकासमा सम्पूर्ण शक्ति लगाएको छ । त्यो मैले नराम्रो काम गरे भन्न खोजेको होइन । पूर्वाधार चाहिन्छ तर के बुभ्mनुप¥यो भने– पूर्वाधारको विकासले मात्रै देशको विकास हुन्छ र देश सवृद्धि हुन्छ भन्ने होइन । जनशक्ति चाहिन्छ । पूर्वाधारको विकास चाहि गर्ने अनि जनशक्ति रोक्नको लागि कुनै प्रयास नगर्ने, कुनै कार्यक्रमहरु नल्याउने हो भने देश विकास हुदैन । जनशक्तिलाई रोक्नको लागि उद्योगधन्दाहरुर चाहिन्छ । रोजगारिको सृजना गर्नुप¥यो ।

रोजगारीेको सृजना गरेपछि मात्रै बल्ल त्यो पूर्वाधारको विकास गरेको फाइदा हुन्छ । पूर्वाधारको विकासतिर लाग्ने, रोजगारीको सृजना नगर्ने, मान्छेले चाहिं नुन तेल खान, छोराछोरीको एकसरो लुगा फेर्नको लागि विदेश नगई सुख नहुने भएपछि त्यो पूर्वाधारको विकास के काम । त्यो रोजगारी सृजना गर्नको लागि पहिला त अनुसन्धान गर्नुप¥यो नि । कुनै आइडिया त आउला त्यो आईडियाले काम गर्छ कि गर्दैन हेर्नुप¥यो नि । उद्यमशील हुनको लागि सबैभन्दा प्रमुख कुरा भनेको वातावरण हो । नेपाल सरकारले युवाहरु उद्यमशीलताको लागि सुहाउँदो वातारण सुनिश्चित गर्नुपर्छ । युवाहरुलाई उद्यमशील बनाउनको लागि ठोस कार्यक्रम ल्याउनुपर्छ । अनुसन्धन हुनुपर्छ । जबसम्म खोज अनुसन्धनलाई नेपाल सरकारले प्राथमिकता दिदैन तबसम्म यो देश समृद्ध हुदै हुदैन ।

अहिलेका युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
सल्लाह उपदेश दिने काम म गर्दिनँ । म के भन्न चाहन्छु भने युवाहरुलाई – आपूmलाई मनमा लागेको काम गर । चाहे जेसुकैले जेसुकै भनोस् । तर आपूmलाई राम्रो लागेको कामले आफूलाई पनि फाईदा गरोस् र अरुलाई पनि हित होस् । यस्तो सोचाइ छ भने युवाहरुले आफूले मनले आँटेको काम गर्नुपर्छ । आफ्नो र अरुको हित हुने खालको काम छ भने अरुको सल्लाह सुझाव खोज्नु पनि पर्दैन । किनभने यस्ता खालका कुराहरु मैले मेरो जिन्दगीमा प्रत्यक्ष रुपमा भोगेको छु । सल्लाह सुझाव माग्दा नेपालमा चलन के छ भने उसलाई उत्साहित होइन कि हतोत्साहित गरिन्छ । नकारात्मक तवरले लिन्छन ।

त्यसैले युवाहरुले आफूले आँटेको काम चाहि गर्नुपर्छ । एकदम लागिपरेर गर्नुपर्छ । काम गर्दा असफल पनि भइन्छ तर असफल भयो भनेर हरेस खानु हँुदैन । अझ प्रयास गर्नुपर्छ । प्रयास गर्ने क्रममा धेरै कुराहरु सिकिन्छ । त्यसकारणले युवाहरुले आफ्नो जोस जाँगर छदै, आफ्नो सोचलाई जसरी हुन्छ अगाडि बढाउनुपर्छ । युवाहरुले कहिले पनि पढेर जागिर खाएर बस्छु भनेर सोच्नु हुदैन ।

केही पनि सोच आएन भने जागिर खानु पनि प¥यो तर जागिर खानु भनेको अर्काको काम गर्नु हो । अर्काको काम गरेबापत त्यसले अलिकति तलब दिन्छ । त्यही तलबले ज्यान पाल्ने हो । परिवार पाल्ने हो । तर आफ्नो विकास गर्ने होइन । त्यसकारण युवाहरुले सकेसम्म आफू उद्यमी हुनको लागि नौलो–नौलो तरिकाले कामहरु गर्नुपर्छ । यस्तो गर्न सकियो भने देश र नागरिक बन्ने हो ।

प्रतिक्रिया दिनुहोस्