प्रेरक प्रसंग तनाबबाट मुक्त रहने उपाय


काठमाडौं – यदि तपाई कुनै कार्यमा सफल हुनुभएन भने त्यस कार्यलाई नछोड्नुहोस् । यसको अर्थ तपाई त्यसलाई गर्नको लागि योग्य हुनुहुन्न् भन्ने होइन ।

तपाई असफल हुनुभयो किनकि तपाईले पूरा प्रयास नै गर्नुभएन अथवा तपाईले यसको निम्ति तरिका पुर्याउनुभएन । शेक्सपियारको नाटक जुलियस सिजरमा एक स्थानमा केसियस भन्छन, ‘प्रिय बुट्स गडबडी हाम्रो भाग्यमा होइन, यो हाम्रो आफ्नो कार्यपद्धतिमा छ जसको अधिनमा हामि छौ ।’

यदि तपाईले सभामा भाषण दिन सक्नुहुन्न, अरुको अगाडी हिनताबोध गर्नुहुन्छ, शक्तिशालीको अगाडी आफुलाई कमजोर ठान्नुहुन्छ भने त्यसमा चिन्ता लिन जरुरी छैन । समस्यालाई राम्ररी केलाएर अगाडी बढ्नुहोस । यही एक बाटो हो जसबाट तपाईले आफुलाई पुर्ननियोजित गर्न सक्नुहुन्छ ।

हामी सबैले जागरुक कार्यविधिको लागि तनावरहित हुन् नितान्त जरुरी छ । तनावमुक्तिका विविध तरिकाहरु छन् । योग क्रियामा शवासन पूर्ण तनावरहित रहनको लागि उपयोगी वताइएको छ । यो क्रियामा तपाईले जमिनमा सुतेर तनावमुक्त रहन सक्नुहुन्छ ।

विचित्रको कुरा त के हो भने तनावमुक्त रहनु सजिलो काम होइन । यसको लागि तपाईमा इच्छाशक्ति हुनुपर्दछ । एक पटक तपाईले तनावमुक्त रहन सिकेपछि आफ्नो जीवनको निर्धारित लक्ष्य अनुरुप आफूलाई पुननियोजित गर्न सक्नुहुन्छ । जस्तो एक हवाईजहाजको पाइलट आफ्नो जहाजलाई स्वचालित स्थितिमा ल्याएपश्चात तनावमुक्त रहन्छन । यसैप्रकारले तपाईले पनि आफ्नो मस्तिष्कलाई आफ्नो उद्धेश्य अनुरुप पुननियोजित गरि तनावमुक्त रहन सक्नुहुन्छ ।

एक प्रख्यात निर्माता तनावले पिडित थिए । उनले आफ्नो वर्णन गर्दै के बताए भने उनि प्रत्येक विहान उठ्ने वित्तिकै हाई गियरमा आउथे । यस तुफानी गतिको कारण उनि अपरान्हमा थकित हुन्थे । उनि प्रत्येक रात थकित भएर ओछ्यानमा जान्थे ।

संयोगबश उनको घर रुखको बिचमा थियो । एक दिन विहान उनि सुत्न सकिरहेका थिएनन्, तापनि उनि उठे र झ्यालको नजिक वसे । उनले एक पन्छिलाई निन्द्राबाट उठेको देखे । यसबाट उनको रुचि जाग्यो । यसले दिनको स्वागतमा प्रशंसाको एक रोमान्चक, मधुर गित गाउन लाग्यो साथै उसले उडान भर्यो र भोजनको खोजि शुरु गर्यो ।

मेरो तनावपूर्ण मित्रले आफैसित भने, ‘यदि पन्छिले यसरि उठ्न सक्छ भने मैले पनि यस प्रकारले दिनको शुरुवात गर्न सक्छु । यो मेरो लागि राम्रो हुनेछ ।’

उनले वास्तवमा यसै प्रक्रियालाई दोहोर्याउदै गए । उनले गित पनि गाए । उनले के पाए भने गीत खास रुपले लाभदायक तत्व हो । किनकी यो एक मुक्त गर्ने क्रिया हो । ‘म गाउन सक्दिन’, उनले मुस्कुराउदै भने, ‘तर मैले कुर्सीमा चुपचाप बसेर गाउने अभ्यास गरे ।’

धेरैजसो मैले भजन र सुखद गीत गाए । मेरी पत्नीले म पागल भएको छु भन्ठानिन । म पन्छीभन्दा एक कुरामा अधि थिए र त्यो के हो भने मैले धेरै प्रार्थना पनि गरेको थिए । पन्छीलाई जस्तै मलाई पनि भोक लाग्यो । मलाई एक राम्रो नास्ता चाहिएको थियो । मैले यसलाई खानमा पर्याप्त समय दिए । यसपश्चात म मुक्त मानसिकताको साथ काममा गए । यसले मेरो दिन तनावरहित रुपले सुरु भयो । मैले आराम र शान्तिले दिन गुजारे ।

जिउने तरिका हासिल गर्नको लागि म तपाईलाई शान्तिले विचार सोच्ने आदत बसाउन सल्लाह दिन्छु । प्रत्येक दिन म शरीरलाई ध्यान राख्नको लागि केहि कार्य गर्छु । म नुहाउछु, ब्रश गर्छु र व्यायाम गर्छु । तपाईले दिनमा केहि समय शान्तिपूर्वक रहने अभ्यास गर्नुपर्छ ।

भावनात्मक नियन्त्रण हासिल गर्नको लागि उपचारक विधिको दैनिक अभ्यास सबैभन्दा महत्वपूर्ण छ । भावनात्मक नियन्त्रण सजिलो तरिकाले हासिल गर्न सकिंदैन । तपाईले यसलाई पुस्तक पढेर विकसित गर्न सक्नुहुन्न । यसलाई विकसित गर्नको लागि नियमित वैज्ञानिक रुपले काम गर्नुपर्दछ । रचनात्मक आस्था विकसित गर्नुपर्दछ ।

मेरो सुझाव के छ भने, ‘तपाईले शुरुमा मुलभूत विधिको प्रयोग गर्नुहोस । शारीरिकरुपले स्थिर रहने आदत बसाल्नुहोस । रोमान्सले हाम्रो शारीरिक गतिविधि तेज हुन्छ । यसकारण, आफ्नो शारीरिक गतिविधिलाई नियन्त्रण गर्नुहोस् ।

तपाइँ शान्त र भावशुन्य रहनुहोस । यो एक राम्रो तरिका हो । केहि हदसम्म मन्द रहने पनि अभ्यास गर्नुहोस् । यस प्रकारको मानिसमा भावनात्मक असन्तुलनको सम्भावना कम हुन्छ । यस स्वभावलाई सिक्ने र विकसित गर्नाले सुव्यावस्थित व्यक्तिलाई धेरै लाभ हुन्छ ।

स्वाभाविक रुपले कोहि पनि व्यक्ति सुव्यावस्थित व्यक्तिको प्रख्खर र संवेदनशील प्रतिक्रियाको मूल गुणलाई गुमाउन चाहदैन । तर शान्त रहने अभ्यासमा महत्वकांक्षी व्यक्तित्वलाई सन्तुलित भावनात्मक स्थितिमा ल्याउने प्रवृति हुन्छ । कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि तपाईले तनावमुक्त रहेर आफ्नो उद्देश्यमा अगाडी बढ्नुहोस् । तपाईले अवश्य पनि सफलता हासिल गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्